मेचीनगरको एसएस फुटवेयरमा आगलागी

काँकडभिट्टा । झापाको मेचीनगर नगरपालिका–६ मा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । बिहीबार दिउँसो एसएस फुटवेयरमा आगलागी भएको हो । बिजुली सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नगरपालिकाको दमकल बिग्रिएकाले छिमेकी नगरपालिका भद्रपुर र बिर्तामोडबाट दुई वटा दमकल आगो निभाउन आएका छन् । अहिले आगो निभाउने प्रयास भइरहने पनि आगलागी नियन्त्रणमा आएको छैन । आगलागी निभाउन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा खटिएका छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार