मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित

काठमाडौं । मन्त्रिपरिषदको विहीबार बस्दै आएको नियमित बैठक आजको भने अनिश्चित भएको छ । मन्त्रिपरिषदको बैठक आज नबस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले बताउनुभएको छ । ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन’ उहाँले भन्नुभएको छ, अब अर्को बैठक सोमबार बस्छ होला ।’

महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताउनुभएको छ । निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा मंगलबार प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो । आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्‍याएर मिति घोषणा गर्न सकिने बताएको थिया । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने देखिन्छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार