रथबाट लडेर घाइते भएका परिवारलाई लोसपाको सहयोग

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा बिहेको रथ दुर्घटनामा घाइते तथा मृतक परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले ५० हजार रुपियाँ सहयोग गर्नुभएको छ ।

माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा १४ जना घाइते भएका थिए भने दुई जनाको ज्यान गएको थियो । घाइतेहरुको उपचार वीरगञ्ज, काठमाडौ तथा कलैयाका अस्पतालमा भइरहेको छ । घाइतेहरू सबै दलित छन् । उनीहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट नेता सोनलले पचास हजार रुपैयाँ सहयोग गरेको लोसपाका नेता सञ्जय यादवले बताउनुभयो ।

सहयोग गर्ने क्रममा नेता सोनलले मधेश प्रदेशमा मधेशी दलको सरकार भएपनि दलित परिवारलाई कतैबाट सहयोग नआउनु दुःखद कुरा रहेको बताउनुभएको थियो । घटनाका कारण पुरै दलित बस्ती शोकमा छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त घटनाबारे अझै चासो नलिनु दुःखद कुरा भएको उहाँले सोनलले बताउनुभयो । पीडित दलित परिवारलाई प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार