
काठमाडौं । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उहाँले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।
सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उहाँले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाउनुभयो । यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उहाँको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताउनुभयो । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ । नागरिक खबरबाट