
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई पत्र पठाउनु कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गर्नुभएको छ। तसर्थ उनीहरुले जनतासमक्ष माफी माग्नुपर्ने थापाको भनाइ छ ।
‘प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा एमसीसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादाविपरीत छ। कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकूल रहेको छ,’ उहाँले सामाजिक सञ्जालमार्फत् भन्नुभएको छ,’सो पत्र अहिले सम्म गोप्य राख्नु आपत्तिजनक छ। उहाँहरूले जनता समक्ष माफी माग्नु पर्छ।’ नागरिक खबरबाट