मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय चुनाव मिति घोषणा हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गर्छ। तर गत बिहीबार मन्त्रिपरिषद बैठक बसेको थिएन। त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरूसँग स्थानीय चुनावबारे छलफल गरेका थिए।

आयोगले जेठ ४ मा स्थानीय चुनाव गर्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री देउवा पनि जेठ ४ मा स्थानीय चुनाव गर्नेमा छन्। सत्तारूढ गठबन्धनका नेताहरूको बैठकले पनि जेठमा स्थानीय चुनाव गर्ने समझदारी गरेका थिए।प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ।

आजको मन्त्रिपरिषद बैठकबाट स्थानीय चुनाव मिति घोषणा हुन सक्ने सम्भावना छ।प्रधानमन्त्री देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार