कमल थापाले गरे नयाँ पार्टी घोषणाको संकेत

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठनको संकेत गर्नुभएको छ । पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै आउनुभएका थापाले सोमबार पदाधिकारी, केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्यहरुसँग छलफल गर्नुभएको हो ।

शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद भएपनि कुनै प्रगति नभएको भन्दै उहाँले स्थानीय तहको निर्वाचन घोषणा गर्दा समेत आफ्ना मुद्दा संवोधन नभए विकल्प खोज्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले उठाएका सैद्दान्तिक, सांगठनिक र वैचारिक पक्षहरु सम्बोधन भएन भने विकल्प खोज्नुपर्ने हुनसक्छ ।

त्यो अवस्थाका लागि तयार भएर बस्नुस् ।’ आफूले विकल्प खोजेको अवस्थामा साथ दिन समेत उहाँले नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले अघि भन्नुभयो, ‘म दबाब दिन्नँ, आफ्नो अन्तरआत्मालाई सुन्नुस् ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार