प्रधानमन्त्री देउवा र दाहालको पत्रबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छानबिन गर्नुपर्छ : रावल

काठमाडौँ । एमाले सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने भनेर लेखेको असोज १३ गतेको पत्रबारे संसदीय समितिले छानबिन गर्नुपर्ने माग गर्नुभएको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावलले देउवा र दाहालको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताउनुभयो । ुयो प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रूपमा लेखेको पत्र हो । यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको विषय बन्नुपर्छ । प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले यस्तो पत्र लेखेर यो सम्झौता अनुमोदन गर्नेछौं समय दिनुपर्‍यो भन्नुभएको छ ।

एमसीसी सम्झौताको सम्बन्धमा नेपाली जनतालाई जानकारी गराउनका लागि सरकारी स्रोत उपयोग गर्नेछौं भनेर लेखेपछि नेपालको कूटनीतिक सम्बन्ध कता गयो,’ उहाँले थप्नुभयो, ‘कूटनीतिमा यस्ता गतिविधिले राष्ट्रको स्वाभिमान झुक्ने काम भएको छ । अरु देशमा यस्तो भयो भने छानबिनमात्रै होइन‚ दण्डित हुन्थ्यो ।’ यस्तो तरिकाले कूटनीति चल्छ रुु रावलको प्रश्न थियो । देउवा र दाहाललाई कस्ता कूटनीतिज्ञले यस्तो सुझाव दिएको हो भन्ने पनि उहाँले जिज्ञासा राख्नुभएको थियो ।

प्रतिनिधिसभामा विचाराधीन सम्झौता यस्तो र उस्तो गर्छौं भनेर पत्र लेख्ने अधिकार कुनै नेतामा नभएको उहाँको भनाइ थियो । ‘प्रतिनिधिसभामा दर्ता गरिएको सम्झौता यस्तो र उस्तो गर्छौं भन्ने अधिकार उहाँहरूसँग हुन्छ ? यसमाथि छानबिन भएर कारबाही हुनुपर्छ । तबमात्र कूटनीतिक क्षेत्रमा राम्रो सन्देश जान्छ,’ उहाँको भनाइ थियो, ‘आफ्नो देशका जनताका कुरा नसुन्ने तर अर्कोलाई यस्तो पत्र लेख्ने रु यसमा हस्ताक्षर गर्ने बेला हात पनि काँपेनछन् ?’

एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसी सम्झौता नहुँदैमा अमेरिका र नेपाल सम्बन्धमा कुनै असर पर्दैन भनेर अभिव्यक्ति दिइरहेका बेला नेपालका कूटनीतिज्ञ भने सम्बन्ध बिग्रिन्छ भन्ने अभिव्यक्ति दिइरहेकोप्रति रावलले आपत्ति जनाउनुभयो । ‘हाम्रा कूटनीतिज्ञले सम्बन्ध बिग्रिन्छ भन्दैछन् । कूटनीति बुझेको हो कि फूटनीतिमात्रै बुझेको हो !,’ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री दाहालले एमसीसीलाई लेखेको पत्र नेपालको कूटनीति कसरी चलेको छ भन्ने कुराको ज्वलन्त नमूना भएको रावलको भनाइ थियो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार