बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० विद्यार्थी घाइते

बुटवल । बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्।

एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसको ब्रेक भएपछि बसका चालक कृष्ण पुनले रूखमा लगेर अडाएर ठूलो दुर्घटना हुनबाट जोगाएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते विद्यार्थीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार