सहमती गरेरै एमसिसी पेश गर्छौ : कानुनमन्त्री बडु

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतीमै एमसिसी प्रतिनिधि सभामा पेश हुने बताउनुभयो।

संसद बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुधबार मन्त्री बडूले सहमतीकै लागि आज पेश नगरिएको भन्दै अबको दुई दिनमा सबै सहमती गरेर पेश गर्ने बताउनुभयो।

सहमतीकै लागि आज पेश हुने एमसिसी रोकेका हौ। दुई दिन भित्रमा हामी सहमती गरेरै पेश गर्छौ’, उहाँले भन्नुभयो । संसद बैठकअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वार्ता गरि आज एमसिसी टेबल नगर्ने सहमती गर्नुभएको थियो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार