एमसीसी राष्ट्रहितमा छ भन्नेलाई बहस आउन भीम रावलको चुनौती

काठमाडौँ । नेकपा (एमाले)का सांसद भीम रावलले एमसीसी नेपालको हितमा छ भन्नेलाई आफूसँग बहसमा आउन चुनौती दिनुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले एमसीसीका केही बुँदा राष्ट्रहितविपरीत रहेको भन्दै संशोधन नगरी अनुमोदन गर्न नसकिने बताउनुभयो ।

भीम रावलकै कारण एमसीसीको विरोध भएको भन्ने व्यक्तिलाई चुनौती दिँदै उहाँले भन्नुभयो, ‘एमसीसीका सम्झौता, यससँग सम्बन्धि अन्य सम्झौताका बुँदा बुँदामा बहस गर्न आउन चुनौती दिन्छु ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार