उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको विरोधमा प्राध्यापकहरूको प्रदर्शन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

सत्तारूढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको थियो। तालाबन्दी समाधान होइन, समस्या हो’, ‘विश्वविद्यालयलाई तालाबन्दी मुक्त क्षेत्र बनाऊँ, अब त अत्ति भयो’, ‘विश्वविद्यालयमा तालाबन्दी कहिलेसम्म’, ‘विश्वविद्यालय सुधारका लागि एकजुट होऔं’ लगायतका नारा लेखिएका प्लेकार्ड प्राध्यापकहरूले बोकेका थिए।

उनीहरूले विश्वविद्यालयको रजिस्टार कार्यालयअघि १५ मिनेट शान्तिपूर्ण धर्ना दिएका थिए। प्रदर्शनकारी प्राध्यापकहरूले समस्या सहज रूपमा समाधान गर्न सकिने अवस्था रहेपनि आन्तरिक उद्देश्यले बन्द गर्दा पठनपाठनमा समस्या भएको बताउनुभएको छ। विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्नो स्वार्थका लागि तालाबन्दी गर्दै जाने हो भने विश्वविद्यालयका समस्या कहिल्यै समाधान नहुने प्राध्यापक विनोद जोशीले बताउनुभयो। विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउनुपर्ने प्राध्यापकहरूको भनाइ छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार