८ गते बस्ने गठबन्धनको बैठकले सकारात्मक निष्कर्ष निकाल्छ : मन्त्री कार्की

काठमाडौं । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बस्ने सत्तारूढ गठबन्धनको बैठकले एमसिसीबारे सकारात्मक निष्कर्ष निकाल्ने बताउनुभएको छ।

शुक्रबार बिहान बालुवाटारमा गठबन्धनमा रहेका चार दलका शीर्ष नेताहरूबीच बैठक भएको थियो।उक्त बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवा आजको संसद बैठकमा एमसिसी पेस नगर्न सहमत हुनुभएको हो।‘पर्सि बिहान १० बजे गठबन्धनको बैठक फेरि बस्छ। त्यो बैठकले सकारात्मक निष्कर्ष निकाल्छ,’ मन्त्री कार्कीले भन्नुभयो।

उहाँले संसदको अवरोध हटाउन प्रधानमन्त्री देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको बताउनुभयो। संसदमा लामो समयदेखि अवरोध छ। त्यो हटाउन प्रयास गर्नु प्रधानमन्त्रीको जिम्मेवारी हो। प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतासँग कुरा गर्नुभएको हो,’ उहाँले भन्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार