आजको संसद बैठकमा एमसीसी टेबल नहुने

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा कुरा नमिलेपछि आज पनि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) टेबल नहुने भएको छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको स्थायी कमिटी बैठकसम्म पर्खिन आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा सहमत हुनुभएको हो ।

आजको बैठकमा पनि देउवाले तत्काल एमसीसी संसद्मा पेस गर्ने प्रस्ताव गर्नुभएको थियो । नेपालले भने पार्टीको स्थायी कमिटी बसेर औपचारिक धारणा बनाउने भन्दै प्रधानमन्त्रीसँग एमसीसी हतार नगर्न आग्रह गर्नुभएको थियो । बैठक एक घन्टामै सकिएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ८ गते बिहान १० बजे बस्ने बैठकले निष्कर्षमा पुगिने बताउनुभयो । ‘अर्को बैठक ८ गते कमिटी १० बजे बसेर यसलाई निर्णयमा पुर्याउँछौँ,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार