
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध कायम राख्ने भएको छ। एमसिसी टेबल हुनेबारे आफूहरूलाई जानकारी नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
यस्तै कार्यव्यवस्था बैठकमा पनि एमाले अनुपस्थित हुने भएको छ। हामीलाई यसबारे केही थाहा छैन। एमसिसी टेबल हुनेबारे हामीलाई जानकारी आएको छ’, उहाँले भन्नुभयो,‘ हामी कार्यव्यवस्था बैठकमा पनि जाँदैनौं।’
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुनेछ। त्यसअघि सभामुखले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक संसदको कार्यसूची तय गर्नेछ।लामो वादविवादपछि सत्ता गठबन्धन संसदमा एमसिसी टेबल गर्ने निर्णयमा पुगेको हो। सेतोपाटीबाट