
काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले श्रीलंकाले जस्तै नेपालले पनि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता फिर्ता गर्नुपर्ने बताउनुभएको छ ।
‘श्रीलंकाले जसरी फिर्ता पठाएको थियो । त्यसैगरी नेपालले यसलाई फिर्ता गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘कसैको दबाबमा यो टेबल गर्न ल्याइएको हो । त्यो नेपाली जनतालाई सह्य हुँदैन ।’ उहाँले ५५ अर्ब रुपैयाँ देश र राष्ट्रियताभन्दा ठूलो नभएको बताउनुभएको छ ।
‘अहिले आगो रोडमा बलेको छ । राष्ट्रियताको सवालमा गम्भीरता देखाउन आवश्यक छ । जनता चुलोमा आगो बाल्न छाडेर सडकमा आगो बाल्न आएका छन् । देश रहे पार्टी र सरकार रहन्छ देश नरहे पार्टी र सरकार पनि रहँदैन,’ उहाँले भन्नुभयो । ekantipurबाट