लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो ।

नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको सांसद लक्ष्मणलाल कर्णले बताउनुभयो । उहाँका अनुसार भोलि बिहीबार संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरिएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार