एमसीसीविरुद्ध आवश्यकता बमोजिम सडक आन्दोलन चर्किन्छ : खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताउनुभएको छ। संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनुभएको छ ।

‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ’, उहाँले भन्नुभयो । एमसीसीमा मिल्ने सम्भावना नरहेको पनि उहाँको भर्ना छ । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी दुइटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार