
काठमाडौँ । गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र)सहितका दल सरकारमा बस्ने वा नबस्नेबारे निर्णय लिन छलफलमा जुटिरहेका छन् ।
ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहितका माओवादीका नेता सहभागी हुनुहुन्छ । ‘खुमलटारमा सरकारमा बस्ने या नबस्ने भन्ने विषयमा अहिले छलफल भइरहेको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
तर, अन्तिम टुंगोमा भने नेकपा (एकीकृत समाजवादी)का नेताहरुबीचको छलफलपछि पुगिने छ । यसका लागि माओवादी नेताहरूले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई कुरेर बस्नुभएको छ । उपत्यका बाहिर रहेका अध्यक्ष नेपाल काठमाडौँ फर्किंदै हुनुहुन्छ । संसद बैठकमा पेस भएको विवादित एसमीसीको पक्षमा मतदान गर्ने बताउनुभएका उहाँहरूमाथि सरकारबाट बाहिरिन दबाब परेको छ । नागरिक खरबाट