
काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक पुन सूचना टाँसेर स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो।
बैठकमामा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची तय भएको थियो। तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको संसद सचिवालयले जनाएको छ। nagariknews.nagariknetworkबाट