
धनगढी । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी नेपालले आइतबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पाण्डेले देशलाई निकास दिन वर्तमान गठबन्धन तोडिनु आवश्यक रहेको भन्दे एमसीसीका कारण नै गठबन्धन भत्किने जिकिर गर्नुभयो । ‘अहिलेको गठबन्धन सरकारले देशलाई अनिर्णयको जालमा राखेको छ,’ पाण्डेले भन्नुभयो , ‘यसलाई तत्काल नभत्काए देश झनै अन्धकारमा जाने देखिन्छ ।’
उहाँले एमसीसी फिर्ता भए अन्तर्राष्ट्रिय सहयोग रोकिने र देशमा चरम आर्थिक संकट आउने बताउनुभयो । त्यसैपनि नेपालको अर्थतन्त्र धरासायी बनेको भन्दै उहाँले एमसीसी फिर्ता भए देशमा ठुलो आर्थिक संकट आउन सक्ने बताउनुभयो । ‘रेमिट्यान्स ओरालो लागेको छ,’ पाण्डेले भन्नुभयो, ‘बैंकले ऋण बढाए पनि अर्थतन्त्र झनै खुम्चिएको छ, यस्तो अवस्थामा वैदेशिक सहायता लग्दैनौं भन्नु मुखर्ता हुने छ, एमसीसी नेपालले स्वीकार्नुको विकल्प छैन ।’ नागरिक खबरबाट