एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाउनुभएको छ ।

व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उहाँको अडान छ । माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गर्नुभएको छ ।

यसअघि पनि पूर्व सभामुख समेत रहेका एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नरहेको बताउनुभएको थियो । आजको बैठकमा केही नेताले भने एमसीसी पास गर्नुअघि संसदमा संकल्प प्रस्ताव ल्याइनुपर्ने बारे पनि राय राख्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार