
काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको छ । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।
माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गर्नुभएको हो ।
माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी हुनुहुन्छ । रातोपाटीबाट