नेपाली कांग्रेस कैलालीको १४ औं महाधिवेशन आज

धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कैलालीमा आज जिल्ला कार्यसमिति चयन हुँदैछ । यसका लागि संस्थापन पक्षका २ र इतर पक्षबाट एक गरी ३ प्यानल चुनावी मैदानमा छन्।

जिल्ला सभापतिका लागि संस्थापन पक्षकै नारायण दत्त मिश्र र प्रकाश वमको प्यानल चुनावमा छ भने इतर पक्षबाट रामबहादुर कलेलको प्यानल छ। भट्टको प्यानलबाट उपसभापतिमा भीम बडुवाल र रामप्रसाद चौधरी उम्मेदवार छन् । उनको प्यानबाट सचिवमा केशव मिश्र र अमृत बिसी, सहसचिवमा रामसमझ राना र कलेसु चौधरीले उम्मेदवारी दिएका छन्।

यस्तै वमको प्यानलबाट उपसभापतिमा खेमराज चौधरी र तेजशंकर भट्ट, सचिवमा नृप सुनार र थर्क शाह, सहसचिवमा कृष्ण पाण्डेय र राजेन्द्र खड्काको उम्मेदवारी परेको छ। इतर पक्षका कलेलको प्यानलबाट उपसभापतिमा यज्ञनिधि कोइराला र लोकराज पाण्डेय आगो, सचिवमा देवानन्द जैशी र नवराज जोशी, सहसचिवमा रविन्द्र प्रताप सिह र तीर्थराज जोशीको उम्मेदवारी परेको छ।

आइतबार दिउँसो १स्३० बजेदेखि कार्यसमिति चयनका लागि मतदान सुरू हुने भएको प्रचारप्रसार विभागका प्रमुख नृप सुनारले बताउनुभयो । यसअघि तोकिएको मतदानस्थल रातारात अर्को ठाउँ सारिएपछि केही विवाद उत्पन्न भएको थियो। जसकारण बिहान ८ बजेका लागि निर्वाचनको समय तोकिएको भए पनि दिउँसोसम्म पनि मतदान सुरू नभएको हो।

कार्यवाहक जिल्ला कार्यसमितिले यसअघि धनगढीको ओम प्यालेसमा मतदानस्थल तोकेको थियो। शनिबार बेलुका निर्वाचन समितिले रंगशालामा मतदानस्थल सारेको हो। मतदानस्थल सारिएकोप्रति प्रदेश कार्यसमितिका केही पदाधिकारीले पनि आपत्ति जनाएका छन्। जिल्ला कार्यसमिति चयनका लागि २५ सय मतदाताले भोट हाल्ने छन्। यसका लागि धनगढी कभर्डहलमा ५ मतदान केन्द्र र १० बुथ बनाइएका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार