काभ्रेको ढुंगाखानीमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

काठमाडौँ । काभ्रेको बनेपामा आइतबार एउटा ढुंगाखानीमा ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाका अनुसार बनेपा–१४ आशापुरीमा रहेको आशापुरी रोडा ढुंगा सप्लायर्समा आइतबार दिउँसो सवा एक बजेतिर ढिस्को खसेको हो।

ढिस्कोमा पुरिएका दुई जनालाई प्रहरीले उद्धार गरेको छ भने अरू मानिसहरू पनि फसेको हुन सक्ने खतिवडाले जानकारी दिनुभयो । ढिस्को खस्दा दुइटा एक्साभेटर, पाँच टिपर र दुई ट्रक पुरिएका छन् । मृतकको पहिचान खुलेको छैन । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार