व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो।

उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताउनुभयो । बैठकपछि गंगालाल तुलाधरले व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले अमेरिकाले अस्वीकार गरे सो घोषणा एमसीसीको अंग नबन्ने र त्यो विषय पाँच दलीय बैठकमा समेत छलफल भएको बताउनुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार