एमसिसीको पक्षमा छौं : ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले एमसिसीको पक्षमा आफूहरू रहेको बताएको छ। आज एमसिसीबारे प्रतिनिधि सभामा सैद्धान्तिक छलफलमा भाग लिँदै लोसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरू एमसिसीको पक्षमा रहेको बताउनुभएको छ ।

‘एमसिसीमा अमेरिकाको लक्ष्य सकारात्मक छ, त्यसैकारण हाम्रो पार्टी समर्थन गरिरहेको छ,’ उहाँले भन्नुभयो। उहाँले नेपालको मागअनुसार नै एमसिसी आएको पनि बताउनुभयो। ‘नेपालले आफ्नो आवश्यकता र मागअनुसार नै यो पाएको छ,’ उहाँले भन्नुभयो, ‘जवरजस्ती लादीएको होइन। देश कमजोर र गरिब भएपछि उसको स्वतन्त्रतामाथि आघात पुग्ने सम्भावना हुन्छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार