एमसीसी आत्मघाती छ, यो खारेज गर्नुपर्छ : राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताका दफा उपदफा तथा अमेरिकी मन्त्री, राज्यमन्त्री र राजदूतहरुले दिएका अभिव्यक्तिबाट सैन्य रणनीति अन्तर्गत भएकाले स्वीकार्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद पौडेलले यो परियोजना चीन विरुद्धको घेराबन्दीबाहेक अरु केही नहुने भन्दै यसको विपक्षमा आफ्नो पार्टी उभिने बताउनुभयो। ‘एमसीसी आर्थिक र विकास सम्बन्धी योजना भएको बताइन्छ तर अमेरिकाका मन्त्रीहरुले एमसीसी इण्डोप्यासिफिक रणनीति आइपीएसको अंग भएको बताउनुभएको छ’ पौडेलको भनाइ छ ।

त्यस्तै उहाँले एमसीसी नेपालका लागि आत्मघाती भएकाले खारेजी गर्न माग गर्नुभयो। ‘आइपीएस चीन विरुद्धको घेराबन्दी हो । यसले नेपाललाई प्रयोग गर्न चाहन्छ । त्यसैले नेपाल सैन्य प्रयोजनका लागि प्रयोग गर्न दिनुहुँदैन । त्यो असंलग्न परराष्ट्र नीतिको विपरित छ । यसको खारेज गर्नुपर्छ’, पौडेलको भनाइ छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार