दाङमा मोटरसाइकल र माइक्रो ठोक्किँदा आगलागी, एकको मृत्यु, ४ जना घाइते

दाङ । तुलसीपुर उपमहानगरपालिका १८ दुधरासमा आइतबार राति मोटरसाइकल र माइक्रो बस ठोक्किँदा बसमा आगो लागेको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तुलसीपुर १८ मनिकापुरका २१ वर्षीय रेशम चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी श्यामु अर्यालले बताउनुभयो । मोटरसाइकल चालक तुलसीपुर १८ कै रमेश वली र माइक्रोबस चालक २६ वर्षीय करण परियार गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज बाँके लगिएको छ ।

घाइतेमध्ये बसमा सवार तुलसीपुर १८ का २४ वर्षीय कमल परियारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । एक घाइते उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ । बा ३ ख ६४३ नम्बरको माइक्रो बस र नम्बर नखुलेको मोटरसाइकल ठोक्किएपछि बसको तेल चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट गाडीमा पूर्ण क्षति भएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार