यातायात महासंघद्वारा भाडा समायोजनको माग सम्बोधन नभए चैत्र १ गतेबाट आन्दोलनको घोषणा

काठमाण्डौ । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी चैत्र १ गतेबाट आन्दोलनमा जाने घोषणा गरेको हो । महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले बृद्धि गर्न र ट्याक्सीको हकमा सुरुवाती ८० रुपैयाँ तथा भाडा प्रति मिटर ६० रुपैयाँदरले समायोजन गर्न सरकारसँग माग गरेको हो ।

महासंघका अध्यक्ष डोलनाथ खनालले अन्तिम पटक भन्दै सरकारलाई ७ दिनको समय अवधिमा माग सम्बोधन गर्न आग्रह गरेको बताए । उनले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको आधारमा भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरे । अध्यक्ष खनालले विगतजस्तै आन्दोलनको निमित्त ७ दिने सरकारलाई अल्टिमेटम दिएको सनाउनु भयो ।

उहाँले केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउन खोजेको आरोप लगाए । ‘केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म, वर्तमानदेखि पुर्ववर्तमानसम्म, पहिलादेखि हालसम्म सरकारमा रहनेहरुले नीजि क्षेत्रका कुनै निति निर्माण नगरीकन पलायन गराउने, लगानी ध्वस्त बनाउने, यसप्रति साझा दृष्टिकोण नबनाउने र आफै तड्पिएर कमजोर भएर जाने परिस्थितिको सृजना भएको छ’, उहाँले भन्नुभयो ।

उहाँले २०६५ सालमा यातायात क्षेत्रको लागि सरकारले एउटा भाडा नीति बनाएको उल्लेख गर्नु भयो । सोही नीतिको आधारमा गत असारसम्म भाडादर कायम भइरहेको उनले  बताउनु भयो । ७३ सालदेखि ०७८ सालसम्म आइपुग्दा बाग्मती प्रदेशमा ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन नसकेको पनि उनले स्पष्ट पारे । उहाँले भन्नुभयो,‘०७३ देखि ट्याक्सीको भाडा अहिलेसम्म समायोजन हुन सकेको छैन् ।’

संघीय सरकारले गत असार २८ गते भाडा समायोजन गर्दा डिजेलको मुल्य प्रतिलिटर १०७ रुपैयाँ रहेको र तत्पश्चात पटक–पटक मुल्य बृद्धि भै हाल डिजेल प्रतिलिटर १३३ रुपैयाँ कायम भएको पनि उहाँले जानकारी दिनु भयो ।

असार २८ गते पछि २७ रुपैयाँ पेट्रोलियम पदार्थको मुल्य बढेपनि आजसम्म भाडा समायोजन नगरेको उहाँले गुनासो पोख्नु भयो । चैत्र १ गतेबाट आफु्हरुले आन्दोलन गर्ने, त्यसबाट पर्ने कठिनाई र जिम्मेवारी राज्यले लिन पर्ने उनले बताउनु भयो । आजमात्रै सम्बन्धित मन्त्रालयमा गई मन्त्रीलाई ज्ञापनपत्र बुझाएर आएको उनले सुनाउनु भयो । उहाँले हवाइ यातायातमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएको २४ घण्टामा हवाई भाडा बढ्ने तर आफुहरुको नबढेको भन्दै आपत्ति जनाए । कार्यक्रममा प्रेश विज्ञप्ती पढेर महासचिव भरत नेपालले सुनाउनु भएको थियो । ईपरीन्यूजबाट 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार