नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुर्‍याएँ : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू प्राधिकरणको नेतृत्वमा आएपछि ९५ प्रतिशत जनतामा विद्युत्‌को पहुँच पुगेको बताउनुभएको छ ।

सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युत्‌को पहुँच ९५ प्रतिशतमा पुर्‍याइएको बताउनुभयो । उहाँले कर्णालीको विकट ठाउँहरुमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिट्टै सबै स्थानमा विद्युत पुर्‍याइने जानकारी दिनुभयो ।

दुरदराजमा रहेका जनतालाई विद्युत पुर्‍याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उहाँको भनाइ छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझै पनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको विद्युत पुर्‍याउने बताउनुभयो । उहाँले विकट गुम्बामा पनि विद्युतको पहुँच पुर्‍याउन प्रतिबद्ध रहेको धारणा राख्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार