![](https://myagdinews.com/wp-content/uploads/2022/01/koirala-shekhar.jpg)
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले पार्टीले आगामी चुनावमा केन्द्रबाट जबरजस्ती गठबन्धन लाद्नु गलत हुने बताउनुभएको छ ।
उहाँले सानेपामा जारी केन्द्रीय समिति बैठकमा गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाउनुभएके हो । ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने रु गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ’, कोइरालाले भन्नुभयो ।
गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाई छ । ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिँ एकता हुन नसके के हुन्छ अवस्था रु हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं’, उहाँले भन्नुभयो । नागरिक खबरबाट