सबै दल मिलेर आए पनि एमालेलाई जित्न सक्दैनन् : ओली

चन्द्रौटा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै दल मिलेर आए पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभएको छ । कपिलवस्तुको तौलिहवामा सोमबार ओलीले मुलुकको विकास गर्नका लागि एमालेले जित्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

नेपाली कांग्रेस र अन्य दलबीच सरकार टिकाउन मात्र गठबन्धन गरिएको उहाँको भनाइ थियो । शिक्षा, स्वास्थ्य, कृषि, विमानस्थल निर्माणलगायत काम आफ्नो पालामा भएको अध्यक्ष ओलीले दाबी गर्नुभएको थियो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार