कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगे : सहमहामन्त्री आङ्देम्बे

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले देशमा कम्युनिस्ट पार्टीहरू रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । नेकपा विभाजनपछि छिन्नभिन्न हुँदा रक्षात्मक अवस्थामा पुगेको उहाँको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई लक्षित गर्दै आङ्देम्बेले रक्षात्मक अवस्थामा पुग्दा केही कम्युनिस्ट पार्टीलाई कांग्रेसले संरक्षण गर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कांग्रेस फेरि एकपटक सर्वाधिक बलियो पार्टी हुने स्थिति पनि आएको छ ।

‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ भन्ने अभियान लिएर जनताको घरघर जाँदा कम्युनिस्टहरू रक्षात्मक अवस्थामा देखियो र अब नेपाली कांग्रेस फेरि एकचोटी सर्वाधिक बलियो पार्टी हुने स्थिति आयो’, मंगलबार मोरङ पुगेर आङ्देम्बेले भन्नुभयो । उहाँले संवैधानिक मूल्य मान्यता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षासँगै देशको विकास कांग्रेसले मात्र गर्न सक्ने पनि बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार