मुख्य शक्तिसँग सम्बन्ध सन्तुलित नबनाए दुर्घटनामा पर्न सक्छौँ : भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारत, चीन, अमेरिकालगायत आर्थिक शक्तिसँग सन्तुलित सम्बन्ध अनिवार्य भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सवमा बिहीबार जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्ने बताउनुभएको हो ।

नेपालको छरछिमेकीको भूराजनीति बलियो बनेको उहाँले बताउनुभयो । भारत–चीन र अमेरिकाका सम्बन्धनले हाम्रो आन्तिरिक सम्बन्धलाई पनि प्रभावित पार्ने अवस्था बनेको बताउँदै उनहाँले राष्ट्रिय मुद्दामा दलहरुबीच सहमति हुनैपर्ने बताउनुभयो ।

‘युक्रेनको घटना हाम्रा लागि ठुलो पाठ हो । मुख्य शक्तिसँग सन्तुलित सम्बन्ध नबनाए नराम्रो दुर्घटनामा पर्न सक्छौँ,’उहाँले भन्नुभयो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार