कमल सिंह ऐरीको अप्रेशन, ६ हप्ता खेल्न नसक्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उहाँलाई कुममा चोट लागेको छ ।

उहाँको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उहाँको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ । डा.निरज केपी र डा.निराज केसीले उहाँको उपचार गरेका र उहाँको अवस्था अहिले सामान्य रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

२१ वर्षको ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ । मलेसियासँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार