शासक तानाशाह र दमनमा उत्रिएपछि विद्रोहको सुरुवात भयो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले समाजको विकास क्रमको व्याख्या गर्दै शासक दमनमा उत्रिएपछि विद्रोह हुने क्रम सुरु भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले शासक दमनमा उत्रिएपछि आवश्यकताले विद्रोह जन्मिँदै आएको बताउनुभयो ।

‘पहिले शासनका लागि संगठनहरु बन्न थाले । जब शासनहरु तानाशाह हुन थाले, दमनकारी हुन थाले । र समुदायभित्र नै एउटा शासक, अर्को शासित । एउटा मालिक, अर्को दासको प्रचलन सुरु हुन थाल्यो । त्यसपछि विद्रोहको आवश्यकता भयो,’ ओलीले भन्नुभयो । राज्य तानाशाह र दमनकारी अब रहन नसक्ने भन्दै उनले तानाशाह र दमनकारीविरुद्ध जनता उत्रिने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार