नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुनुहुन्छ । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरेको छ । सडक देखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सम्बन्धित समाचार

thumbnail

अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले…

thumbnail

अन्नपूर्ण गाउँपालिका-५ को वडा अध्यक्षमा कांग्रेसका राजेश तिलिजा विजयी 

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५,को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका राजेश तिलिजा विजयी हुनुभएको छ । बुधबार सम्पन्न मत गणनाको  अन्तिम मत परिणाम अनुसार तिलिजा वडा अध्यक्ष पदमा विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले…

thumbnail

अन्नपूर्ण गाउँपालिका-४को अध्यक्षमा कांग्रेसका फगामी विजयी

पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार लोकबहादुर फगामी बिजयी हुनुभएको छ । बुधबार सम्पन्न वडा नम्बर ४ को मत परिणाम अनुसार  फगामीले ५९२ र प्रतिद्वन्दी एमालेका तेज गुरुङले ४०८ मत पाउनुभएको…