नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राती निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पु¥याएर फर्कदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुनुहुन्छ । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनिहरुलाई मृत घोषणा गरेका थिए । मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान शुरु गरेको छ । सडक देखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार