रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन

रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् ।

घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका घोषणापत्रमा गरिबी निवारण पहिलो प्राथामिकतामा परेको छ । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, यातायात, सडक पूर्वाधार, उद्योग, कृषि उत्पादन, पर्यटन, खानेपानी, युवा तथा खेलकुद सरसफाइ, सुशासन, विद्युतीकरण, विपद् व्यवस्थापन जस्ता कार्यक्रम समेटिएको छ । यी कार्यक्रम पुरानै हुन् ।

केहि नयाँ कार्यक्रम पनि घोषणपत्रमा समेटिएका छन् । पढ्दै कमाउदै कार्यक्रम, हरित नगर स् सभ्य नगर जस्ता नयाँ कार्यक्रम पनि रुकुमका घोषणापत्रमा समेटिएको छ ।दलका घोषणापत्र हेर्दा पुरानै कुरा देखिएको यामबहादुर खत्रीले बताउनुभयो । पार्टीले घोषणापत्र निर्माण गर्दा पाँच वर्षमा भएका कामको समीक्षा गरेर मात्र घोषणापत्र सार्वजनिक गरेको भए राम्रो हुने उहाँको भनाइ छ । पहिलो स्थानीयतहको बेलामा उम्मेदवारले बाँडेका आश्वासन पूरा नभएकाले अहिले पनि घोषणापत्रमा विश्वास गर्नु पर्ने अवस्था नरहेको नरबहादुर ओलीले बताउनुभयो ।

घोषणापत्रमा सार्वजनिक गरिएका कार्यक्रम पुरानो सरकारले गरिरहेको कामको निरन्तरता भएको मुसीकोट नगरपालिकाका मेयर उम्मेदवार वसन्त शर्माको भनाइ छ । उहाँका अनुसार पहिलो सरकारले विकासको जग बसालेको र त्यो पूरा गर्ने गरि घोषणापत्रमा कार्यक्रम समेटिएको छ । पहिला सरकारले निर्माण गरेका भौतिक पूर्वाधारलाई उपयोग गर्नको लागि मानिसको चेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम पनि लागु गर्ने उम्मेदवारहरुले बताउँदै आएका छन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार