![](https://myagdinews.com/wp-content/uploads/2022/05/na.jpg)
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०बाट कागेश्वरी मनोहरा नगरपालिकामा मेयरका उम्मेदवार राजु फुयालले भ्रष्टाचार नगर्ने कसम खानुभएको छ । फुयालले पशुपतिनाथ र सबै देवीदेवतालाई साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खानुभएको हो ।
राप्रपाका उम्मेदवार फुयालले आफू मेयर पदमा निर्वाचित भए कुनै पनि तलबभत्ता नलिने र उक्त तलबभत्ता विपन्न वर्गको शिक्षा र स्वास्थ्यको लागि खर्च गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । फुयालले कांग्रेस, कम्युनिस्टलगायतका राजनीतिक दल लगायका निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीका नारा नारामै सीमित भएको तर आफूले प्रतिबद्धतापत्र बमोजिम नै जनताको सेवा गर्ने बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेसबाट उपेन्द्र कार्की, नेकपा समाजवादीबाट कृष्णहरि थापा, एमालेबाट रामशरण ढुंगाना, राप्रपाबाट राजु फुयाल, राष्ट्रिय जनमोर्चाबाट सुदिप सापकोटा, मौलिक जरोकिलो पार्टीबाट प्रभा सुवेदी र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम शर्मा चापागाईं, टपबहादुर थापा, बरुणकुमार लामा, मनिल फुयालको मेयरमा उम्मेदवारी दिएका छन् । नागरिक खबरबाट