साना किसान लघुवित्तको नाफा ८.९० प्रतिशतले वृद्धि

काठमाडौँ । साना किसान लघुवित्तको नाफामा ८.९० प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८.९० प्रतिशतले नाफा वृद्धि गर्दै खुद नाफा ५० करोड २५ लाख १७ हजार पु¥याएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

वित्तीय रिपोर्ट अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानीमा भने केही संकुचन आएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ४२ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५७ पैसा थियो ।

यस्तै, सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.४८ प्रतिशतले बढेर ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसअवधिमा कम्पनीले ९० करोड ४२ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस्तै सञ्चालन नाफा ८.५८ प्रतिशतले बढेर ७१ करोड ६९ लाख २० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा रहेको छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार