नेपाली महिला टोलीले युगाण्डासँग टी–२० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी–२० शृंखला हुन लागेको हो ।

नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार