महिला टी-२०: युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।

काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा परेका छन् । नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, संगीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल, सबनम राई र डली भट्ट । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार