५ दलीय गठबन्धनले चुनावमा सत्ताको दुरुपयोग गर्यो : शाक्य

काठमाडौँ । बागमती प्रदेशकी निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेकी केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

उहाँले शुक्रबारबाट सुरु भएको बागमती प्रदेशसभाको दशौं अधिवेशन (वर्षे अधिवेशन) बैठकलाई सम्बोधन गर्दै ५ दलीय गठबन्धनले लोकतन्त्रमाथि नै प्रश्न उठ्ने गरी सत्ताको चरम दुरुपयोग भएको आरोप लगाउनुभएको हे । ‘एमाले एक्लैसँग प्रतिस्पर्धा गर्न पनि गठबन्धनका दलहरुले निर्वाचन आचारसंहिता विपरितको काम गर्नुपर्यो ।’ उहाँले भन्नुभयो ।

उहाँले सत्ता गठबन्धन लोकतन्त्रको पक्षमा नरहेको बताउँदै बाँकी रहेको समयमा सच्चिन आग्रह गर्नुभयो। ‘प्रदेशसभाको ५ वर्ष सकिनै लाग्दा हालै सम्पन्न स्थानीय निर्वाचनले लोकतन्त्र माथि प्रश्न उठेको छ । यो गलत छ । यस्तो काम सच्चिनुपर्छ’ उहाँले भन्नुभयो । देशभर उच्च मूल्यवृद्धि भएको र देशैभर उच्च महँगी बढ्दा जनताको दैनिकीमा नै समस्या सृजना भएको बताउँदै केन्द्र सरकारले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार