नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाउनुभएको थियो : पूर्वमन्त्री पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताउनुभएको छ । शनिबार संसदमा बोल्दै पोखरेलले नयाँ नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको बताउनुभएको थियो ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गरे पनि आफू प्रधानमन्त्री भएका बेला नयाँ नक्सा भएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाएको पोखरेलको भनाइ छ।’पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रियताको कुरा गरिरहँदा म शिक्षामन्त्री हुँदा तयार गरेको लिपुलेक, कालापानी सम्बन्धी पुस्तकलाई उहाँले रोक लगाउनु भयो । एउटा कार्यदल बनाउनु भयो। एक पटक पनि बैठक राख्नु भएन। र किताव किन रोकियोरु जवाफ पनि दिनु भएन। साँच्चै प्रजातन्त्र र राष्ट्रियतामा तपाईं पनि कठघरामै हुनुहुन्छ।

राष्ट्रियता र प्रजातन्त्र र राष्ट्रियतालाई कूटनीतिक दाउपेचको विषय हुन सक्दैनन् भन्ने मलाई लाग्दछ,’ पोखरेलले भन्नुभयो । उहाँले राष्ट्रियता र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई आग्रह गर्नुभएको थियो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टिसमेत व्यक्त गर्नुभएको थियो । राष्ट्रिय भावनालाई ध्यान दिँदा नीति तथा कार्यक्रमले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको छ। यसमा खुट्टा नकमाउनुस्। चीनलाई सशंकित गराएर र नेपाललाई अमेरिका कित्तामा लगेर नेपालको राष्ट्रिय हित हुँदैन,’ उहाँले भन्नुभयो । setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार