कैलालीको मोहना नदीमा नुहाउने क्रममा डुबेर २ बालकको मृत्यु

धनगढी । कैलालीको मोहना नदीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित धनगढीलाई कञ्चनपुरको राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता रहेका उहाँले बताउनुभयो । उनीहरू मध्ये चौधरी नदीमा डुबेपछि निकाल्न गएका गुप्ताको पनि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै जनाको शव नदीबाट निकालेर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार