नेपालद्वारा भुटानलाई ९५ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।

नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन जोडिन् । नेपालका लाग त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए ।

भुटानका लागि अन्जु गुरुङ, सोनाम पाल्डोम र टासी चेकीले एक–एक विकेट लिए । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । रातोपाटीबाट

 

सम्बन्धित समाचार

thumbnail

यू–२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिए

काठमाडौँ । भारतमा हुने साफ यू–२० च्याम्पियनसिप र बहराइनमा एएफसी यू–२० एसियन कप छनोटका लागि अहिले बन्द शिविरमा रहेको यू–२० राष्ट्रिय टोलीका खेलाडीको संख्या ३० मा झारेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले…

thumbnail

कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडी

पोखरा। राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही दोस्रो पटक वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मानित हुनुभएको छ । दोस्रो स्पोर्टस अवार्डमा पनि उत्कृष्ट बन्नुभएकी म्याग्दीकी शाही अहिले पुनः उत्कृष्ट खेलाडी बन्दै पुरस्कृत हुनुभयो।…

thumbnail

विश्वकपका १८ लाख टिकट बिक्री

दोहा । कतारमा नोभेम्बरमा आयोजना हुन लागेको विश्वकप फुटबल प्रतियोगिताका लागि आयोजक फिफाले १८ लाख टिकट बिक्री भएको र थप टिकट बिक्री जुलाई ५ बाट खोलिने बताएको छ। विश्वकपका लागि फिफाले आयोजक…