नेपालद्वारा भुटानलाई ९५ रनको लक्ष्य

काठमाडौँ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले भुटानलाई ९५ रनको लक्ष्य दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनायो ।

नेपालका लागि काजोल श्रेष्ठले सर्वाधिक २६ रनको योगदान गरिन् । त्यस्तै कप्तान रुविना क्षेत्रीले २१ रन बनाउँदा इन्दु बर्माले २० रन जोडिन् । नेपालका लाग त्यसबाहेकका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तीन जना ब्याट्र रन आउट भएका थिए ।

भुटानका लागि अन्जु गुरुङ, सोनाम पाल्डोम र टासी चेकीले एक–एक विकेट लिए । नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार