चितवनमा एक वर्षमा जंगली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु गएको छ ।

चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ। बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यस्तै गैँडाको आक्रमणबाट ६ र जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो। त्यसमध्ये गैंडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जंगली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार